Section 41
बचतमा व्याज दिने र नगदीमा परिणत गर्ने बारे
 (१) दफा ४० बमोजिम जम्मा गराइएको बचतको रकममा सो जम्मा राख्ने समिति, संस्था वा अधिकारीले वार्षिक सयकडा पाँचका दरले व्याज दिनेछ र बचत जम्मा गरेको मितिले दुईवर्ष पछि र पाँचवर्षभित्र पटक पटक गरी वा एकमुष्ट त्यस्तो व्याजको भुक्तानी दिनेछ ।
(२) दफा ४० बमोजिम जम्मा भएको अनिवार्य जिन्सी बचत रकमलाई सो जम्मा राख्ने समिति, संस्था वा अधिकारीले तोकिए बमोजिम नगदीमा परिणत गर्न सक्नेछ ।